२४ कार्तिक २०८३, मंगलबार

यस्ता छन् कांग्रेसका उम्मेदवार, जग्गा दलालदेखि जमानत जफत भएकासम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-2काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा अदभूत विषय देख्न पाइएको छ । कांग्रेसको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता गर्नेमा दोस्रो संविधानसभामा जमानत जफत भएका सम्मका नेताहरुले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा अधिकांश जग्गा दलाल, व्यापारी, ठकेदार, एनजिओकर्मी, मजदुरका नाममा संस्था चलाउनेहरु रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यहाँसम्मकी मजदुरका नाममा नेपाल ट्रेडयुनियन कांग्रेस आफ्नै सम्पत्ति जसरी चलाएका कोइराला परिवारका आफन्त लक्ष्मण बस्नेतले पनि उम्मेदवारी दिएका छन् ।

‘जहाँ पनि उम्मेदवारी दिने पराजित हुने । केन्द्रीय कार्यसमितिमा पनि उठिहाल्ने’, एक जना महाधिवेशन प्रतिनिधिले भने, ‘यस्तो कार्यले कांग्रेसलाई केही समय लाभ भए पनि दीर्घकालमा असर पर्नेछ ।’

ठेकेदार जिपछिरिङ लामादेखि सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाएका खुमबहादुर खड्कासम्मले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

भूकम्पपीडितको जस्तापाताका घोटाला गरेका पूर्व अर्थमन्त्री रामशरण महतलाई मुलुक विरोध अर्थ नीति ल्याएको आरोप पनि छ ।