
– विमल योगी
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन् ।
विहीबार राजधानीको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै भारतीय नेता नीतिशले सुजातालाई ‘श्रीमती’ भनेका हुन् ।
‘श्रीमती’ भनेपछि कांग्रेस नेता कार्यकर्ता तथा सर्वसाधारण पेट मिचिमिचि हासेका थिए । ठूलै स्वरमा हुटिङ समेत गरेका थिए ।
नीतिशले दिउँसै सार्वजनिक कार्यक्रममा ‘श्रीमती’ भनेपछि छेउमै बसेकी सुजाता पनि लजाएकी थिइन् । हजारौ कार्यकर्तामाझ उनको लाज भएको थियो ।
जर्मन नागरिकसँग विहे गरेकी गिरिजापुत्री सुजाताले कुरा नमिलेपछि डिभोर्स गरेकी थिइन् ।
नेपालको कानुनअनुसार विदेशीसँग विहे गर्दा आफू पनि विदेशी नागरिक हुने प्रावधान छ । जसअनुसार सुजाता पनि विदेशी नागरिक हुन् । तर, गिरिजापुत्री सुजाताको हकमा त्यो लागु भएन् । उनी नेपालकै नागरिक छिन् ।
सुजाताकी एक छोरी छिन् । जसको विहे बंगलादेशी नागरिकसँग केही वर्षअघि भएको थियो ।












प्रतिक्रिया