काठमाडौं, २० फागुन । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई वितरण गरिएको झोलामा एक पक्षीय रुपमा केही प्रचार सामाग्रीहरु भेटिएपछि बुधबार पार्टी कार्यालयमा हंगामा मच्चिएको छ ।
उक्त झोलामा अरु केही नभई सभापतिका प्रत्यासी रामचन्द्रका पुस्तक नियतबस नै राखिएको पाइएको छ ।
प्रतिनिधिलाई बाँडिएको उक्त झोलामा प्रचार सामाग्रीका रुपमा उनको पुस्तक भेटिएपछि प्रतिनिधीहरुले संस्थापन पक्ष भनिएका व्यक्तिहरुको त्यस कार्यप्रति आपत्ति जनाउँदै संलग्न व्यक्तिहरुको खोजी समेत गरिरहेका छन् ।
पार्टी प्रतिनिधिलाई वितरण गरिएको झोलामा प्रचार सामाग्री राख्ने काम प्रचार विभागको योजनामा भएको पनि तत्कालै खुलेको छ । सो काम प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालको सुनियोजित योजनामा, प्रचार विभाग सचिव दामोदर दवाडी, हरिहर विरही लगायतको संलग्नता रहेको पाईएको छ ।
झोलामा ती पुस्तक भेटिएपछि पार्टी कार्यालयमा रहेका प्रतिनिधिहरु तत्कालै कार्यालय सचिव ऋषिकेश तिवारीको कार्यकक्ष घेर्न पुगेका थिए । उनी नभेटिएपछि उनको सम्पर्क गर्ने काममा लागेका सयौँ प्रतिनिधिले त्यसमा डा मिनेन्द्र रिजालको हात रहेको पाइएको पत्ता लगाइ उनकाविरुद्धमा नाराबाजी समेत गरेका थिए ।
आजै पार्टी कार्यालयमा वरिष्ठ नेताको प्यानलको उम्मेदवारी घोषणाको कार्यक्रमका कारण सयौँ प्रतिनिधि पार्टी कार्यालयमा जम्मा भएका र यता झोलामा यस्ता सामग्री भेटिएपछि विरोधमा उत्रिएका प्रतिनिधिका कारण परिस्थिति अत्यन्तै उत्तेजक बन्न पुगेको थियो ।
झोलामा ‘संसदमा रामचन्द्र’ र ‘जीवन आख्यानको प्रस्ताव’ नामक रामचन्द्र पौडेलका पुस्तक भेटिएपछि प्रतिनिधीहरुलो सो कार्यको विरोध गर्दै कतिपयले झोला नै अस्विकार गरेका थिए ।
त्यस्तै कतिपयले भने ती पुस्तक पार्टी कार्यालय परिसरमा नै मिल्काएर हिँडेका थिए । यसरी आक्रोशित बनेका कतिपय प्रतिनिधिहरुले प्रचार विभागका प्रमुख डा. रिजाललाई पार्टी कार्यालयमा नै यताउता गरी खोजिरहेका देखिन्थे ।
प्रतिनिधिलाई बाँडिने झोलामा पार्टीका तर्फवाट कुनै पनि उम्मेदवारको प्रचार सामाग्री र कागजपत्र नराख्ने आचारसंहिता यसअघिको केन्द्रीय समितिको बैठक र पार्टीको अनुशानस समितिले नै तय गरेको थियो । आचारसंहिता उल्लंघनको यस कार्यको घोर भत्र्सना गर्दै केही प्रतिनिधिहरुले विरोधस्वरुप हस्तारक्षर अभियान समेत थाल्ने चेतावनी दिएका छन् । उनीहरुले यस्तो कार्य गर्ने व्यक्तिलाई कार्बाही गर्न समेत माग गरेका छन् ।












प्रतिक्रिया