१ कार्तिक २०८३, शनिबार

प्रतिबन्ध लगाउने निर्णयप्रति उत्तर कोरियाको गतिलो जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North-Koreaदक्षिण कोरिया, २० फागुन । संयुक्त राष्ट्र संघले आफूमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेलगत्तै उत्तर कोरियाले ६ वटा मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले आज बिहान छोटो दुरीमा मार हान्न सक्ने ६ वटा मिसाइलको परीक्षण गरेको हो । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

उत्तरले त्यसको जवाफ तत्काल मिसाइल परीक्षण गरेर दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले समुद्रमा मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । राष्ट्र संघले उत्तरमाथि लगाएको नयाँ प्रतिबन्धले कोरिया प्रायदीपमा तनाव झन् बढ्ने विश्लेषण गरिएको छ ।