२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा पहिलो बने वरिष्ठ नेता देउवा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbhadur-Deuba

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महाधिवेशन सुरु भएलगत्तै उम्मेदवारी घोषणा गर्नुभएका देउवा १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने पहिलो नेता बन्नुभएको छ ।

Sherbhadur-Deuba-5

पार्टी केन्द्रीय कार्यालय सानेपामा वारेसनामाको रुपमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । आफू खुलामञ्चमा आयोजित महाधिवेशनको उदघाटन समारोहमा सहभागी भएका देउवाको वारेशनामाको रुपमा नेता रमेश लेखकले उम्मेदवारी दर्ता गराउनुभयो । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुग्नुभएको थियो ।

भोलीसम्म जारी रहने उम्मेदवारी दर्ता कार्यक्रममा कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएका कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता बाँकी रहेको कांग्रेसले जनाएको छ ।

Sherbhadur-Deuba-3Sherbhadur-Deuba Sherbhadur-Deuba-1 Sherbhadur-Deuba-2  Sherbhadur-Deuba-4