१ कार्तिक २०८३, शनिबार

राष्ट्र संघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि व्यापक प्रतिबन्ध लगाउने प्रस्ताव पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN-Security-Councilसंयुक्त राष्ट्र संघ, २० फागुन । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि व्यापक प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्र संघ सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

यो प्रतिबन्ध उत्तर कोरियामाथि गएको २० वर्षयता लागेको सबैभन्दा कठोर हो । गएको महिना उत्तर कोरियाले गरेको परमाणु परीक्षणको जवाफमा सुरक्षा परिषद्ले प्रतिबन्ध कडा पार्ने निणय गरेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाबाट विभिन्न देश आउने जाने कार्गो विमानको चेक जाँच हुनेछ ।

यस्तै उत्तर कोरियाका थप १६ जना अधिकारी र १२ संगठनलाई कालो सूचीमा राखिएको छ । उत्तर कोरियाले अब कुनै पनि किसिमका साना तथा हलुका हतियार पनि बेच्न पाउने छैन । यस्तै अवैध गतिविधि गर्ने उत्तरका कुटनीतिज्ञलाई पनि निष्कासन गर्ने प्रतिबन्धको प्रस्तावमा उल्लेख छ ।