१ कार्तिक २०८३, शनिबार

नेपाली फुटबलमा सुखद खबर, विश्व फुटबलमा नेपालले गर्यो प्रगति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Football

काठमाडौं, २० फागुन । आफ्नो वर्षाे पुरानो साख फर्काएको नेपाली फुटबलले फेरि अर्काे फड्को मारेको छ ।

विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा सुधार गर्दै नेपाल तीन स्थान माथि उक्लिएको हो । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा पुगेको छ ।

दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६०औं स्थानमा छ ।

त्यस्तै बंगलादेश १७७औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडि छन् । पाकिस्तान १८७औं, श्रीलंका १८९औं र भुटान १९३औं स्थानमा छन् ।