
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेल मध्यराति मण्डिखाटार पुगेको खुलासा भएको छ ।
उनी मध्यराति सुजाता कोइरालालाई फकाउन मण्डिखाटारस्थित उनको निवास पुगेको खुलासा भएको हो । उनले सभापतिमा उम्मेदवारी घोषणा गरेकी सुजातालाई फकाउन धेरै प्रयत्न गरेका थिए ।
स्रोतका अनुसार सुजातालाई फकाउन पौडेलले गिरिजाका लागि गरेका कामहरु सुनाउनुपरेको थियो । त्यतिले पनि नमानेपछि उनले महिला उपसभापति पद दिने प्रलोभन देखाएका थिए । त्यसपछि मात्रै सुजाता पछि हट्न मानेकी थिइन् ।
रातभर के–के भयो ?
सुजातासँग मिटङ राखेर पौडेलले भने– ‘मैलै जीवनभर कोइराला परिवारलाई सहयोग गरेँ, अब कोइराला परिवारले मलाई सहयोग गर्ने बेला आयो । मेरो उम्मेद्धारी कोइराला परिवारकै निरन्तरता हो, मैले तपाईका पिता र मेरा आर्दश गिरिजाप्रसादको साथ जिवनमा कहिले छोडिन् । मलाई तपाइएको साथ जीवनमा एक पटक चाहियो । जतिबेला पार्टी विभाजन हुँदै थियो, त्यो बेला मेरो देउवाजीसँग सम्बन्ध राम्रो थियो, तर गिरिजाबाबुले यो बेला मलाई सहयोग गर, पाटी विभाजनतिर नलाग भनेपछि मैल तत्काल देउवाको साथ छोडे ।’
गिरिजा र सुशील कोइरालालाई आफुले गुन लगाएको पौडेलले जति बताए पनि सुजाताले आफ्नो अडान सुरुमा छाडिनन् । उनले भविश्यमा ‘मेरो पार्टी भित्र भूमिका के ?’ भनेर प्रश्न गरिरहिन । त्यसपछि पौडेलले आफ्नो योजना सुजातालाई सुनाए । ‘मैले तपाईका बोरमा सोचेको छु, अब बन्ने सरकारमा तपाईलाई उपप्रधानमन्त्री बनाउँछु,’ पौडेलले भने ‘महाधिबेशनपछि विधान संशोधन गरेर तपाईलाई महिला उपसभापति बनाउछु ।’ स्रोतका अनुसार पौडेलको प्रस्तावप्रति सुजाता सकारात्मक भएपनि उनीले प्रतिबद्धता मागिन । पौडेलले तत्काल प्रतिबद्धता पनि गरे । अन्तः पौडेल र सुजाताबीच तीन बुँदे गोप्य सम्झौता भयो । र सुजाताले पौडेलाई समर्थन गर्ने प्रतिबद्धता जनाइन ।












प्रतिक्रिया