२४ कार्तिक २०८३, मंगलबार

अन्नतः देउवा पनि ज्योतिषकै शरणमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba

काठमाडौं, २० फागुन । आजको वैज्ञानिक युगमा धेरैले ज्योतिष शास्त्रलाई मान्दैनन् । विशेषगरी आफूलाई परिवर्तनकारी ठान्ने जमातले त ज्योतिषको नामै सुन्न चाहँदैन् ।

तर, नेपालमा राजा तथा नेताहरुदेखि सर्वसाधारणसम्मले अहिलेसम्म ज्योतिषलाई मान्दै आएका छन् । यसको पछिल्लो उदाहरण बनेका छन् कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा ।

१३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार देउवा ज्योतिषको भर यतिसम्म पर्छन भन्ने कुरा आज घोषणा गरिएको उम्मेदवारीले देखाउँछ ।

नेपाली कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । सबै उम्मेदवारले हिजो नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, देउवाले आज महाधिवेशन सुरु हुनु दुई घण्टाअघि मात्रै उम्मेदवारी घोषणा गरे ।

ज्योतिषको भर परेर उनले प्यानलसहितको उम्मेदवारी आज घोषणा गरेका हुन् । ज्योतिषहरुले बुधबारको दिनलाई ‘अशुभ’ भनेका थिए । ज्योतिषकै सल्लाहमा देउवाले आज उम्मेदवारी घोषणा गरेको उनी निकट एक जना नेताले बताए ।

देउवाको टिममा अर्जुननरसिंह केसी महामन्त्री र चित्रलेखा यादव कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।