२४ कार्तिक २०८३, मंगलबार

संस्थापन समूहबाटै अर्को समूहको पनि उम्मेदवारी घोषणा (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kb-gurungकाठमाडौं, २० फागुन । नेपाली कांग्रेसमा उम्मेदवारी घोषणा र प्रचार प्रशारको शैली आक्रामक भइरहेका बेला कुलबहादुर (केबी) गुरुङ, गोविन्दराज जोगीसहितको समूहले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिने घोषणा गरेको छ ।

काठमाडौंको पुतलीसडकस्थित त्रिरुपती होटलमा सम्पर्क कार्यालय खोली भित्रभित्रै प्रचार प्रसार गर्दै आएको यो समूहले आफूलाई संस्थापनको बलियो पक्षका रुपमा दाबी गर्दै आएको छ । बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अगाडि बढाउने प्रमुख दायित्व आफूहरूको रहेको ठान्ने यो समूहले १३औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छ ।

खुलामा नेता गुरुङ र जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, लोकेश ढकाललगायतले उम्मेदवारी दिने यसअघि नै जनाइ सक्नुभएको छ । अन्य नेताहरूले पनि आफू अनुकुल स्थानमा उम्मेदवारी दिने स्रोतको भनाइ छ ।

२८ जना केन्द्रीय नेता र प्रभावशाली नेताहरूको यो समूहले संस्थापनका उम्मेदवारले सहयोग गर्ने एक नेताले बताए ।

स्रोतका अनुसार यो समूहले सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवालाई सहयोग गर्ने प्रवल सम्भावना छ । अन्य पदमा भने संस्थापन समूहलाई नै सहयोग गर्ने बुझिएको छ ।