
काठमाडौं, २० फागुन । सभापति पदमा उम्मेदवारी घोषणा गरेकी कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छिन् ।
नेतृ कोइरालाले अहिले केही समयपछि पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिन लागेको स्रोतले जनाएको छ ।
नेतृ कोइरालाले अहिले ९ बजे मण्डिखाटारस्थित आफ्नै निवासमा फेरि पत्रकार सम्मेलन बोलाएकी छिन् । उनले यसअघि बुधबार पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।












प्रतिक्रिया