२४ कार्तिक २०८३, मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हतियार भेटियो, युरोपमा आएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_policeकाठमाडौं, १९ फागुन । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार हतियार फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विदेशबाट शंकास्पद बस्तु भित्रिएको गोप्य सूचनापछि दिउँसो छापा मार्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हतियार फेला परेको हो ।

सिआइबी उच्च स्रोतका अनुसार विमानस्थलको कार्गोमा छापा हान्दा युरोपियन कम्पनीको हतियार फेला परेको हो ।

उक्त हतियार युरोपियन मुलुकबाटै नेपाल भित्रिएको दाबी गरिएको छ । हतियार कुन देशबाट आयो कसले पठायो भन्नेबारेमा अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।