
– बसन्त श्रेष्ठ ‘छापेली’
अर्घाखाँची, १९ फागुन । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सरकारको चाँबी एमाओबादीको हातमा भएको दाबी गर्नुभएको छ ।
अहिलेको सरकार सहज बहुमतले चलेको भन्दै उहाँले सरकार बाहिर आएजस्तो कांग्रेसका महाधिवेशन पछि नढल्ने बताउनुभयो । ‘सरकार बनाउन पनि बहुमत चाहिन्छ सरकार ढाल्न पनि बहुमत चाहिन्छ, रायमाझीले भन्नुभयो, त्यसकारण हामी बामपन्थी गठबन्धन तत्कालै छाड्ने पक्षमा छैन’ क्रान्तिकारी पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव समेत रहनुुभएका रायमाझीले बामपन्थी गठबन्धन छाढेर कांग्रेसलाई आत्मसाथ नगर्ने जिकिर गर्नुभयो । उहाँले पाटीले सरकारलाई परिणाम तथा उपलब्धी मुलक बनाउन लागेको बताउनुभयो ।
मन्त्री रायमाझीले प्रधानमन्धी केपी शर्मा ओलीको भारत भ्रमण सद्भावका लागि भएको भन्दै संयुक्त प्रेश बक्तब्य जारी नहुनु ठुलो कुरा नभएको बताउनुभयो । नयाँ शक्तिमा लागेर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले माक्सबाद समेत छाडेको भन्दै वावुरामका लागि दशवर्षे जनयुद्ध गर्नुको कुनै तुक नरहेको पनि बताउनुभयो ।
उहाँले भट्टराईलाई संबिधान निर्माणमा लागेको व्याक्ति मानसिक बिचनलमा उद्दत रहेको संज्ञा दिनुभयो । ‘हामीले माक्सबादलाई आत्मसाथ गर्यौ, महान जनयुद्धको सुरुवात गर्यौ, उहाँले भन्नुभयो, ‘वावुराम जीलाई त्यो महान जनयुद्धको के तुक र¥यो ?’












प्रतिक्रिया