२४ कार्तिक २०८३, मंगलबार

पौडेलले पनि प्यानलसहित घोषणा गरे उम्मेदवारी, तीन ठाउँमा चिरा पर्यो संस्थापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra paudel 1

काठमाडौं, १९ फागुन । १३ औं महाधिवेशनमा नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले औपचारिक रुपमै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन पक्षको नेतृत्व गर्दै पौडेलले बुधबार अपराह्न पार्टी कार्यालय सानेपामा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । पौडेलको प्यानलमा विपी पुत्र शशांक कोइराला महामन्त्रीको उम्मेदवार बनेका छन् ।

दुबैको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा राम शरण महत छन् ।

पौडेलको उम्मेदवारीसँगै संस्थापन पक्ष तीन समूहमा विभाजित भएको छ । यसअघि महामन्त्री कृष्ण सिटौला र विदेश विभाग प्रमुख सुजाता कोइरालाले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यता वरिष्ठ नेता शेरबहादुर देउवाले भने विहीबार महाधिवेशन उदघाटन समारोह अघि मात्रै उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।