२४ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाद्वारा अर्को चरणको आन्दोलन घोषणा, कस्ता छन् कार्यक्रम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनलाई फेरि माथि उठाउन विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

दुई दिनसम्म राजधानीमा बसेको मधेसी मोर्चाको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नयाँबानेश्वरको थापागाउँस्थित सद्भावना पार्टीको मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले चैत पहिलो सातासम्मका लागि विभिन्न आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको सदभावना पार्टीका महासचिव तथा सचिवालय सदस्य मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘आन्दोलका कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ’, सुमनले भन्नुभयो, ‘चैत पहिलो सातासम्मको कार्यक्रम सक्किएपछि फेरि बैठक बसेर अर्को आन्दोलन घोषणा हुनेछ । आवश्यक्ताअनुसार सचिवालयको बैठक बस्नेछ ।’

संघर्षका कार्यक्रमअन्तर्गत मधेसी मोर्चाले फागुन २५ देखि चैत १ गतेसम्म सबै जिल्लामा क्षेत्रीयस्तरमा सभा, अन्तरक्रिया, कोणसभा आदि कार्यक्रम गरिनेछ । चैत ५ गते जिल्ला सदरमुकामहरूमा निश्चित स्थानमा दिनको १ बजेदेखि राज्यविरुद्ध विरोध सभा गर्नुका साथै एक घण्टासम्म मधेस आन्दोलनका पक्षमा नारावाजी गर्ने महासचिव सुमनले बताउनुभयो ।

चैत ७ गते संविधान जारी गर्ने सभासदहरूको पुत्ला बनाइ होलिका दहन गर्ने निर्णय पनि मधेसी मोर्चाले गरेको छ ।

संविधानको धारा ४२ मा उल्लेखित सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था र समानुपातिक समावेशिताको सिद्धान्तको प्रतिकुल हुने गरी सर्वोच्च अदालतका लागि न्यायपरिषदबाट भएको न्यायाधीशहरूको सिफारिसप्रति मधेसी मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मधेसी मोर्चाले न्यायापरिषदसँग संविधान विपरितको सिफारिस रद्द गरी पुनरावलोकनको जोडदार माग गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Morcha Ko Statment