
काठमाडौं, १९ फागुन । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमार काठमाडौं आइपुगेका छन् ।
बिहीबारदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन नीतिश बुधबार दिउँसो दुई बजेपछि काठमाडौं ओर्लिएका हुन् ।
नेपाली कांग्रेसका विदेश विभाग प्रमुख सुजाता कोइरालाका अनुसार नेता नीतिशकुमारले आजै महाराजगञ्जस्थित काँग्रेस नेता शशांक कोइरालाको निवासमा पुगेर कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धाञ्जलि दिनेछन् ।
त्यस्तै साँझ एकीकृत माओवाली अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गर्नेछन् ।
स्रोतका अनुसार विहीबार विहानै द्धारीका होटलमा मधेसी नेताहरुसँग भेटवार्ता गर्नछन् ।












प्रतिक्रिया