१५ कार्तिक २०८३, आइतबार

जहान दुर्घटनामा मृत्यु भएका लेखापालका परिवारलाई ५५ हजार नगद सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

account-help (2)

– गणेश गिरी
मुस्ताङ, १८ फागुन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहानमा दुर्घटनामा परी मृत्यु भएका सह लेखापाल बालकृष्ण न्यूउरेको परिवारलाई जिल्ला प्राविधिक कार्यालय मुस्ताङका कर्मचारीले नगद सहयोग गरेका छन ।

account-help (3)

बागलुङको पाला गाविस वडा न ८ घर भएका स्वर्गीय न्यूउरेको घरमा पुगी मुस्ताङका जिल्ला इन्जिनियर रविन्द्र तिवारीले परिवारलाई नगद ५५ हजार ५ सय ५५ रुपैंया नगद प्रदान गरेका हुन ।

मुस्ताङको कोष तथा लेखा नियन्त्रण कार्यालयमा दरवन्दी भई जिल्ला प्राविधिक कार्यालय मुस्ताङमा सह लेखापालमा कार्यरत न्यूउरे पोखरा देखि कार्यथलो जोमसोम जादै गर्दा गत १२ गते जहाज दुर्घटनामा परी मृत्यु भएको थियो । जहाज म्याग्दी जिल्लाको दाना गाविस स्थित सोलिघोप्टे भिरमा दुर्घटनामा परेको थियो ।

account-help (1)

असल स्वभाव र अधिकृतसम्मको जागिरको लागि प्रत्यन्नरत न्यूउरेको सपना अधुरो रहेको भन्दै कार्यालयका कर्मचारीहरुले स्वच्छिक रुपमा उक्त रकम प्रदान गरेको जिल्ला इन्जिनियर तिवारीले जानकारी दिए । अविवाहित न्यूउरेको बुबा, आमा र ५ दिदिवहिनी छन । जागिरमा झण्डै ३ बर्ष मात्र विताएका न्यूउरे तिक्ष्ण बौद्धिक क्षमताका थिए ।