काठमाडौं, १८ फागुन । नेपाललाई दिने आर्थिक सहयोगमा भारतले भारी कटौती गरेको छ ।
भारतले हिजो प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालाई दिइने सहयोगमा भारी कटौती गरिएको हो । बजेटमा सन् २०१६/१७ का लागि नेपाललाई ३ अर्ब भारतीय रुपैयाँ छुट्याइएको छ । यो अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले कमी हो । अघिल्लो वर्ष भारतले नेपाललाई ४ अर्ब २० करोड रुपैयाँ सहयोग गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै नेपालको सहयोग कटौती गरिनुलाई आश्चर्यजनक रुपमा लिइएको छ ।
नेपाललाई दिइएको सहायता सदुपयोग हुन नसक्दा सहयोग कटौती भएको बताइएको छ । नेपालले अघिल्लो वर्षको सहयोग नै उपयोग गर्न सकेको छैन ।












प्रतिक्रिया