
काठमाडौं, १८ फागुन । राष्ट्रिय अनुसन्धानमा जागिर लाइदिने भनेर रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न ४० वर्षीय अजित बस्नेतलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । चावहिलबस्ने उनले जागिर खानेभए डीआईजीलाई रकम दिनुपर्ने भन्दै बुद्धनगरका २० वर्षीय मिलन पाण्डेबाट ६५ हजार रकम लगेका थिए ।
आफू ठगिएको उजुरी पीडित पाण्डेले दिएपछि अभियुक्त बस्नेतलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
घटना विवरण
जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.७ चावहिल बस्ने बर्ष ४० को अजित बस्नेतले जिल्ला गुल्मी रुद्र गा.वि.स.वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा.बुद्धनगर बस्ने बर्ष २० को मिलन पाण्डेलाई म AIGP को ड्राभर हु भनि विभिन्न प्रलोभन देखाई अहिले राष्ट्रिय अनुसन्धान विभागको असई पदमा भर्ना खुलेको छ त्यसमा जागिर खानुहुन्छ भने CID का रुद्र ब.ढकाल र त्यहाका DIG सरलाई रकम दिनु पर्छ भनि झुठ्ठा प्रलोभन देखाई विभिन्न मितिमा गरी जम्मा ६५,००० रकम लिई ठगी गरी फरार भएकोमा यस अपराध महाशाखाबाट खटिएको विषेश टोलीले निजलाई पक्राउ गरी यस अपराध महाशाखामा ल्याएकोमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।












प्रतिक्रिया