१ कार्तिक २०८३, शनिबार

माओवादीका आठ जना लडाकु मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-moaistनयाँदिल्ली, १८ फागुन । भारतको छत्तीसगढ र तेलंगनामा सुरक्षाकर्मीको कारबाहीमा परी माओवादी विद्रोहीका आठ जना लडाकू मारिएका छन् ।

तेलंगना र छत्तीसगढ प्रहरीको संयुक्त कारबाहीमा ती लडाकू मारिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । उनीहरुले कारबाहीका लागि केही महिनायतादेखि संयुक्त समूह निर्माण गरेका छन् ।

मंगलबार गरिएको संयुक्त कारबाहीका क्रममा आठ जना नक्सलाइट विद्रोही मारिएको भारतीय सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् । मारिनेमा पाँच जना महिला रहेको बताइएको छ । नक्सलाइटको लडाकुमा महिला पनि रहेको पाइएको अधिकारीहरुको भनाइ छ ।

हरि किसन नामका ती नक्सलाईट विद्रोही नेतालाई कारबाहीका लागि सो सुरक्षा गस्ती परिचालन गरिएकोमा उनी भने भागेको पनि प्रहरी अधिकारीले जनाएका छन् । रासस/एएफपी