१ कार्तिक २०८३, शनिबार

मैदानमै घाइते भए अर्का राष्ट्रिय क्रिकेटर, अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhuwan-karki

– हरिश क्षेत्री
काठमाडौं, १७ फागुन । पारस खड्का बिरामी भएर अस्पताल भर्ना भएको खबर सेलाउन नपाउदै अर्का नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर खेलाडी भुवन कार्की अस्पताल भर्ना हुन पुगेका छन् ।

काठमाडौको किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको प्रथम रोस्लान टि–२० क्रिकेट कपमा राष्ट्रिय टिमका भुवन कार्की बिभागीय टोलि एपीएफका तर्फबाट खेलिरहेका थिए ।

आइतबार एपीएफले आफ्नो पहिलो खेल पुल्चोक ईन्जिनियरिङ कलेज विरुद्ध खेलिरहदा मैदानमा फिल्डिङ गरिरहेका बेला ब्याट्सम्यानले हिर्काएको बललाई बाउन्ड्री हुनबाट रोक्न खोज्दा घाइते हुँदै भुवन कार्की मैदान बाहिर गएका थिए ।

मैदानमा सामान्य उपचार पछी रेस्ट गरिरहेका कार्कीको अनुहारमा लागेको बलका कारण अनुहारमा सुजन र थप समस्या देखिएका कारण सोमबार थप उपचारका लागि काठमाडौको बल्खुमा रहेको बयोधा अस्पतालमा भर्ना गरिएको परिवार श्रोतले जनाएको छ ।