१५ कार्तिक २०८३, आइतबार

पारस कटुवालले जिते ग्लोबल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

L to R Asish Thakur, Paras Katuwal and Ritesh Marwadi

काठमाडौं, १७ फागुन । व्रिटिश कलेजका विद्यार्थी पारस कटुवाल ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड नेपालबाट विभुषित भएका छन् । आज मीड भ्याली इन्टरनेशनल कलेज, ज्ञानेश्वरमा सम्पन्न प्रतियोगितामा कटुवाल उक्त अवार्डबाट सम्मानित भएका हुन । उनले नगद पुरस्कार रु. ५० हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् ।

जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो । जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका विद्यार्थीहरुका लागि विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम हो । जुन प्रत्येक देशमा आन्तरिक प्रतियोगिताबाट छानिएर जाने एक जना विद्यार्थी उद्यमीले उक्त प्रतियोगिताको विश्व संस्करणमा भाग लिने मौका पाउने गर्दछ ।

नेपाल थोपा सिंचाई प्रालिलाई प्रतिनिधित्व गरेर भाग लिएका पारसको कम्पनीले आधुनिक कृषि प्रणाली तथा स्मार्ट सिंचाई प्रणालीका लागि अत्याधुनिक उपकरण तथा सेवाको आपूर्ति गर्नुका साथै आधुनिक कृषि प्रणाली प्रविधिमा काम गर्दछ । पूर्ण प्रविधिमा आधारित रहेर कृषि प्रणालीको विकासमा स्थापित उक्त कम्पनीले मुख्य गरि थोपा सिंचाई प्रविधिमा प्रयोग हुने उपकरण, औजारहरुको आपूर्ति, साना जमिनमा खेती किसानी गरिरहेका कृषकहरु, व्यवसायिक कृषि गरिरहेका किसानाहरु, गल्फ मैदान, होटल वगैचाहरु, आवासीय तथा कार्यालयहरुको वगैचाहरुका लागि आवश्यक सिंचाई उपकरण तथा मलखाद आपूर्ति गर्ने गर्दछ ।

त्यसैगरि कम्पनीले भर्खर किसानी पेशामा आवद्ध हुन लागेका किसानहरुका लागि आवश्यक तालीम, परामर्श तथा जमिनको नक्शांकन, डिजाइन समेतको सेवा उपलव्ध गराउंदै आएको छ ।

सम्मानित पारस सन् २०१६ मा बैंककमा आयोजना हुने न्क्भ्ब् न्यिदब िद्दण्ज्ञट विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिनेछन् । करिव ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको उक्त प्रतिस्पर्धात्मक विश्व कार्यक्रममा उनले भाग लिनेछन् । उक्त विश्व प्रतियोगितामा विजयी हुनेले अमेरिकी डलर ४ लाख सहित अन्य पुरस्कार हात पार्नेछ ।

त्यसैगरि प्रतियोगितामा दोश्रो स्थान रितेश माडवारीले हासिल गरेका छन् । उनी लर्ड वुद्ध शैक्षिक प्रतिष्ठानका विद्यार्थी हुन । वी फीयर स्यालेन्स प्रालि उनको कम्पनी हो । काठमाडौंमा कार्य क्षेत्र रहेको उक्त कम्पनीले सभासमारोहमा म्यूजिक सिस्टम, कन्सर्टहरुमा काम गर्ने गर्दछ भने नेपालका प्रमुख शहरहरुमा उक्त कम्पनीले कार्य गर्दै आएको छ । विजयी रितेशले प्रमाणपत्र सहित नगद पुरस्कार रु. २५ हजार हात पारेका छन् ।

त्यस्तै आशिश ठाकूर, किंग्स कलेजका विद्यार्थीले तेस्रो स्थान हासिल गरेका छन् भने उन्ले ग्लोवल प्रालिको प्रतिनिधित्व गरेका थिए । उक्त कम्पनीले अनलाईन मेडिया, अनलाई सम्बन्धी परामर्श तथा एप्स डिजाइन गर्ने गर्दछ । विजयी आशिशले प्रमाणपत्र सहित नगद पुरस्कार रु. १० हजार हात पारेका छन् ।

उक्त प्रतियोगिताका निर्णायक मण्डलमा सुमन जोशी, पूर्व प्रमुख कार्यकारि अधिकृत लक्ष्मी बैंक, वल्र्ड लिंक कम्युनिकेशनका म्यानेजिङ डाइरेक्टर दिलीप अग्रवाल, शिल्भर माउण्टेन ग्रुप अफ कम्पनीका अध्यक्ष समीर थापा, योङ इनोभेशनका प्रमुख कार्यकारि अधिकृत विभुषण विष्ट, आइक्यापिटल प्रालिका म्यानेजिङ डाइरेक्टर, अध्यक्ष अजय श्रेष्ठ, कारखाना प्रालिका प्रमुख कार्यकारि अधिकृत पवित्रा गौतम हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपालका लागि जीएसइएका अध्यक्ष रितल रानाले विश्वस्तरको यस कार्यक्रममा सहभागिताबाट विद्यार्थीहरुमा उद्यमशीलता प्रस्फुटन भई, व्यवसायिक सृजना र व्यवसायिक सफलतामा सघाउ पुग्ने दावी गर्नुभयो ।