३० आश्विन २०८३, शुक्रबार

होटल व्यवसायी संघ रुपन्देहीमा समुन्द्र जीसी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sumandra-gc-768x377– विकाश पराजुली

बुटवल, १७ फागुन । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा समुन्द्र जिसी विजयी भएका छन् ।

संघको १६औँ वार्षिक साधारण सभा तथा ८औँ अबिधेशनअन्तर्गत आईतबार भएको निर्वाचनमा २ सय ५१ मत प्राप्त गरी जिसी अध्यक्षमा विजयी भएका हुन ।

उनका प्रतिस्पर्धी मोदनाथ बेल्बासेले २ सय १२ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी जिसी संघका बरिष्ठ उपाध्यक्ष थिए भने बेल्बासे अध्यक्ष थिए । आगामी दुई वर्षे कार्यकालको नेतृत्वको लागि सहमति नभएपछि बर्तमान अध्यक्ष बेल्बासे र बरिष्ठ उपाध्यक्ष जिसीले छुट्टाछुट्ै प्यानल बनाएर चुनाव लडेका थिए ।

यसैगरी संघको प्रथम उपाध्यक्षमा २ सय २७ मत प्राप्त गरी जीवनप्रसाद श्रेष्ठ विजयी भएका छन् । जिसी प्यानलका श्रेष्ठका प्रतिस्पर्धी प्रकाश न्यौपानेल २ सय १५ मत प्राप्त गरे ।

द्वितीय उपाध्यक्षमा जीसी प्यानलकै बावुराम श्रेष्ठ २ सय ६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेमा लामाले १ सय ७१ मत प्राप्त गरे ।

यसैगरी सचिवमा जिसी प्यानलकै लेखनाथ भण्डारीले २ सय ४१ म्त प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी भरतमणि न्यौपानेले २ सय २ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा जिसी प्यानलकै रुमाकान्त पाण्डेले २ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । लीलबहादुर बोहोराले २ सय १ मत प्राप्त गरेका छन् ।

सहकोषाध्यक्ष पदमा पनि जिसी प्यानलकै टंकप्रसाद पराजुलीले २ सय ४६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी चुत्र बहादुर पौडेलले १ सय ९६ मत प्राप्त गरेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद गौतम र महासचिवमा बावुराम गौतम भने निर्विरोध निर्वाचित भएका थिए ।

११ जना कार्य समिति सदस्यका लागि १९ जना बीच भएको चुनावमा भिमलाल न्यौपाने ३०२ मत, चिरञ्जीवी पोख्रेल ३०३ मत, चिरञ्जीवी शर्मा २५३ मत, गुनाखर भुषाल २७७ मत, माधव कुमार खनाल २८६ मत, मीनाकुमार बस्नेत २३३ मत, मोहन पाण्डे २४२ मत, नन्दराम भुषाल २४० मत, प्रेम बञ्जाडे २५४ मत, रुद्र ज्ञवाली २४८ मत, र शंकर भण्डारीले सवैभन्दा बढि ३०४ मत प्राप्त गरी विजयी भएका प्रमुख निर्वाचन अधिकृत शालिकराम बञ्जाडेले जानकारी दिए ।