लन्डन, १७ फागुन । इङ्लिस प्रिमियर लिग अन्तरगत सोमबार राति भएको बहुप्रतिक्षित भिडन्तमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।
म्यान युको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको भिडन्तमा उसले आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
यो पराजयपछि आर्सनलको उपाधि होडमा धक्का पुगेको छ भने म्यान युले च्याम्पियन्स लिग खेल्ने सम्भावना बढाएको छ ।
म्यान युलाई जिताउने क्रममा प्रमुख स्ट्राईकर रुनी घाइते भएपछि मौका पाएका मार्कस रसफोर्ड नायक सावित भए ।
युरोपा लिगको भिडन्तमा पनि गोल गरेका उनले आर्सनलविरुद्ध पहिलो हाफको २९ र ३२ औं मिनेट दुई गोल गरे ।
म्यान युका लागि अर्को गोल खेलको ६५ औं मिनेटमा एडिन हरेराले गरे ।
पराजित आर्सनलकालागि ४० औं मिनेटमा ड्यानी वेल्बेक र ६९ औं मिनेटमा मेसुट ओझिलले गोल गरेपनि जित दिलाउन सकेनन् ।
यो जितपछि म्यान यु २७ खेलबाट ४४ अंकका साथ लिगको पाँचौ स्थानमा रहेको छ । पराजित आर्सनल समान खेलबाट ५१ अंकसहित तेस्रो स्थानमा छ ।
लिगको पहिलो स्थानमा रहेको लेस्टर सिटीको ५६ अकं छ भने ५४ अंकसहित टोटनह्याम दोस्रो स्थानमा छ । २६ खेल खेलको लिग कप विजेता म्यानचेस्टर सिटी भने ४७ अंकसहित लिगको चौथो स्थानमा छ । एजेन्सी















प्रतिक्रिया