१ कार्तिक २०८३, शनिबार

दक्षिण क्यारोलिनामा क्लिन्टनको जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hillary Rodham Clinton

कोलम्बिया (संयुक्त राज्य अमेरिका), १६ फागुन । शनिबार भएको प्रारम्भिक मतदानमा क्यारोलिनाबाट हिलारी क्लिन्टनले शान्दार मतका साथ उहाँका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पराजित गर्नुभएको छ ।

दक्षिण क्यारोलिनाबाट राष्ट्रपति पदका दाबेदार डेमोक्र्याटका उम्मेदवार स्यान्डर्सविरुद्ध ४८ अङ्कका साथ निर्वाचित हुनुभएको छ । उहाँले झन्डै १० मध्ये नौ मत क्यारोलिनावासी अफ्रिकन अमेरिकनले क्लिन्टनलाई दिएका छन् ।

आगामी साता ११ राज्यमा हुने मतदानअघि आएको जीतले क्लिन्टनलाई थप ऊर्जा दिएको छ ।

क्यारोलिनाको जीतपछि पूर्वविदेशमन्त्री क्लिन्टनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई भारी समर्थन दिएकोमा अभार प्रकट गर्नुभएको छ ।

हामी सोमबारदेखि राष्ट्रव्यापस् निर्वाचन अभियानमा लाग्ने छौँ भन्दै आफ्ना समर्थकलाई आ–आफ्नो ठाउँमा रहेर काम गर्न आग्रह गर्नुभएको छ ।

अहिलेसम्म चारवटा राज्यमा भएको मतदानमा क्लिन्टनले तीन राज्यमा विजय हासिल गरिसक्नुभएको छ ।

क्यारोलिनाको मत परिणामपछि राष्ट्रपतिका प्रत्यासी स्यान्डर्सले क्यारोलिनाको निर्वाचन सुरुको चरण भएको भन्दै आफ्ना समर्थकलाई निर्वाचन अभियानमा अझ सशक्त रुपमा लाग्न आग्रह गर्नुभएको छ ।

साथै क्यारोलिनाको निर्वाचनमा विजय भएकोमा पूर्वविदेशमन्त्री क्लिन्टनलाई बधाईसमेत दिनुभएको छ ।

क्यारोलिना राज्य डेमोक्र्याटहरुलाई एउटा पकेट क्षेत्र मानिँदै आएको छ । तर सन् २००८ को निर्वाचनमा वर्तमान राष्ट्रपति बाराक ओबामाले क्लिन्टनलाई पराजित गर्नुभएको थियो ।

क्यारोलिनाको सुरुवाती विजयपश्चात क्लिन्टनले आफ्ना समर्थक माझ उभिँदै सेल्फी खिच्नुका साथै समर्थकलाई मुसार्दै प्रशंसा गर्नुभएको थियो ।

राष्ट्रपतिका प्रत्यासी तथा क्लिन्टनका प्रतिस्पर्धी स्यान्डर्सले दक्षिणमा आफू क्लिन्टनको मत परिणाम नजिक रहने र यसलाई आफ्नो पकेट क्षेत्र मध्य¬–पश्चिम र मध्य–पूर्व साथै आफ्नो गृह राज्य वर्मन्टबाट उपर गर्ने अपेक्षा गर्दै आउनुभएको छ । रासस/एपी