१ कार्तिक २०८३, शनिबार

कस्ता क्रुर युवक : जसले आफ्नै परिवारका १४ को हत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

knife-attackनयाँदिल्ली, १६ फागुन । भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नै परिवारका १४ जना सदस्यको हत्या गरेका छन् । परिवारका सदस्यको हत्यापछि ती व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । हुसेन वरेकार नामका ३५ बर्षीय व्यक्तिले खसी काट्ने हतियारले परिवारका सात बालबालिकासहित १४ सदस्यको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मुम्बईबाट ३२ किलोमिटर टाढा ठाने भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । हत्या गरिएकामा उनको घरका सात बालबालिका, आफ्नी श्रीमती, तीन दिदीबहिनी र आमा–बाबु रहेका छन् । विवाह भइसकेको सवै दिदीबहिनीलाई माइतीमा निम्तो गरिएको र ती दिदीबहिनीहरु आफ्ना बालबालिकासहित माइतीमा आएका बताइएको छ ।

हत्याको कारण पारवारिक विवाद रहेको अनुमान प्रहरीले गरेको छ । तर यसको पूर्णरुपमा अनुसन्धान हुन भने बाँकी रहेको बताइएको छ । आक्रमणमा घाइते एक महिलालाई भने उपचारार्थ अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।