
काठमाडौं, १५ फागुन । बंगलादेशमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले ईण्डिया सामु ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशको मीरपुरस्थित शेरेबंगला स्टेडियममा ईण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले सुरु देखि नै कमजोर ब्याटिङ गरेको थियो ।
शहिद अफ्रिदीको टोली पाकिस्तान १७ ओभर ३ वलमा ८३ रनमा अलआउट भयो । उसका लागि सरफराज अहमदले २५ र खुराम मन्सुरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न हार्दिक पाण्डेयले ३, रबिन्द्र जडेजाले २ तथा आशिष नेहरा, जस्प्रित बुमराह र युवराज सिंहले समान १ विकेट लिए ।
पाकिस्तानको कमजोर व्याटिङपछि भारतीय मिडियो हेपाहा शब्द प्रयोग गरी ‘पाक फुस’ भनेर टिप्पणी गरेका छन् ।















प्रतिक्रिया