१ कार्तिक २०८३, शनिबार

फिफाको अध्यक्षमा इन्फन्टिनो निर्वाचित, नेपालले भोट हालेका सलमान पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FIFA-Jiyani-President

काठमाडौं, १५ फागुन । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको अध्यक्षमा जियानी इनफन्टिनो निर्वाचित भएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार युरोपेली फुटबल महासंघ (युइएफए)का महासचिव जियानी इन्फन्टिनो शुक्रबार सेप ब्लाटरलाई प्रतिस्थापन गर्दै फिफा अध्यक्षमा निर्वाचित भएका हुन् ।

२७ मत बढी ल्याउँदै अध्यक्ष पदमा निर्वाचित भएका उनले ११५ भोट ल्याएका थिए ।

स्विजरल्याण्डका ४५ वर्षे इन्फान्टिनोले अन्य तीन उम्मेद्वार बहराइन राजपरिवारका शेख सलमान बिन इब्राहिम अल खलिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन र फ्रान्सका जेरोमी च्याम्पाग्नेलाई पछि पारेका छन् ।

पहिलो चरणको मतदानमा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा इन्फान्टिनोले १ सय १५ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी शेख सलमानले ८८ मत पाएका थिए । सलमानलाई नेपालले पनि मत दिएको थियो ।

दोस्रो चरणको मतदानमा जोर्डनका राजकुमार अली विनलाई ४ मत परेको थियो भने च्याम्पानीलाई एउटै मत परेन । इन्फान्टिनोको जीतमा फिफा पूर्वअध्यक्ष ब्लाटरले समेत बधाई दिएका छन् ।

– See more at: http://www.ratopati.com/news/33913/#sthash.Zqri2l3o.HNRpn8xM.dpuf