१५ कार्तिक २०८३, आइतबार

बागलुङमा ५२ महिला हराए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung

– रबिना बोहरा
बागलुङ, १४ फागुन । चालु आर्थिक बर्ष ०७२/७३ को फागुन महिना सम्म बागलुङबाट ५२ जना महिला तथा बालबालिकाहरु हराएका छन् ।

विगतको बर्षहरु भन्दा यस बर्ष महिला तथा बालबालिका हराउनेको संख्यामा केहि प्रतिशत बृद्धि भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । हराउने व्यक्तिहरु मध्य केहि मात्र फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । यस आर्थिक बर्षको फागुन महिना सम्म ४५ जना महिला हराएका छन् ।

यस्तै ७ जना बालिका र ४ जना बालक हराएको प्रहरीले जनाएको छ । हराएका मध्य ७ जना महिला भेटिएका छन् भने बालबालिका कुनै पनि सम्पर्कमा नआएको बताइएको छ ।

यस्तै गत आर्थिक बर्ष ०७१/७२ मा ५२ जना महिला हराएका थिए । हराएका मध्य १ जना मात्र भेटिएको तर अरु कुनै पनि व्यक्ति सम्पर्कमा नआएको प्रहरी नायब उपरिक्षक सिंहले बताउनुभयो । ७ जना बालक हराएकोमा ३ जना फेला परेका थिए भने बालिका फेला नपरेको पनि उहाले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा निवेदन दिनेहरुसंग हराएका मानिसहरुका बारेमा सम्पर्क गरी खोजिकार्य गरिरहेको समेत प्रहरीले जनाएको छ । बढि महिला तथा बालबालिका हराउनेको कारणका बिषयमा प्रहरीले धेरै महिलाहरु घरपरिवारको असहमतिमा बिवाह गर्ने भएकाले संख्यामा केहि बृद्धि भएको सिंहले बताउनुभयो । आधुनिक सामाजिक सञ्जालको दुरुपयोगका कारण मानिसहरु हराउने देखिएको छ ।

यस्तै बालबालिका हराउनुमा अभिभावक दोषि रहेको र अभिभावक सचेत बन्नुपर्ने प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । हराएका व्यक्तिहरुको खोजी कार्य तिब्र पारिएको उहाले जानकारी दिनुभयो ।