१५ कार्तिक २०८३, आइतबार

एमाले सांसद भट्टराईले प्रहरी खोरमा कसलाई हाले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neupane Rai Khotangकाठमाडौं, १४ फागुन । खोटाङ्गका रविन राई र केशब न्यौपानेले नेकपा (एमाले)का तर्फबाट खोटाङ्ग क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद विशाल भट्टराईको निर्देशनमा प्रहरीले आफूहरूलाई गैरन्यायिक हिरासतमा राखेर अन्याय गरेको आरोप लगाएका छन् ।

न्यौपाने र राईले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एमाले सांसदविरुद्ध पदको दुरुपयोग गरेर हिरासतमा राखेको आरोप लगाएका हुन् ।

नागरिक उड्डयन प्राधिकरण खोटाङ्ग थामखर्कस्थिति विमानस्थल सुरक्षार्थ सेक्यूरिटी भवन निर्माणको जिम्मा पाएका दिनेश थापाले काम नगरेपछि न्यौपानेसँग मिलेर काम गराईएको थियो ।

लगानी भएको रकम थापाले न्यौपानेलाई नदिई सभासदको शक्ति लगाएर उल्टै प्रहरीको गैरन्यायिक हिरासतमा राखेर लुटपाट गर्ने काम गरिएको पत्रकार सम्मेलनमा न्यौपानेले आरोप लगाए ।

न्यौपानेले खोटाङ्ग डिएसपी विद्यानन्द माझी र ईन्स्पेक्टर ईश्वर बस्नेतले विनाकारण पक्राउ गरी चार दिनसम्म हिरासतमा राखेर थापा र न्यौपानेवीच भएको १६ लाख ६० हजार रुपैयाको लेनदेनको कागज, २ लाख ३० हजार नगद, मोवाईल, औठी र कागजात लुटपाट गरेको बताए ।

सांसद भट्टराईले आफ्ना मानिस राजु ढकालमार्फत गराउन चाहेपनि थापालाई टेण्डर परेपछि विवाद बढेकोमा आफूले काम गरेपछि त्यसबाट रुष्ट भई यातना दिलाउने काम गरेको उनले बताए ।

उनीहरूले गैरन्यायिक हिरासतमा राख्ने प्रहरी अधिकारी र आफूलाई दुःख दिने संसद भट्टराई दिनेश थापा, प्राचार्य कुमार पराजुली, राजु ढकाल र नरेन्द्र उदाससहित सबैमाथि कारवाहीको माग गरेका छन् । न्यौपानेले आफूले सभामुख, पार्टी र सुरक्षा निकायमा समेत उजुरी गर्दा पनि कारवाही हुन नसकेको गुनासो गरे ।