१५ कार्तिक २०८३, आइतबार

इट्टाभट्टाको पर्खाल ढल्दा नाबालकसहित दुईको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

धादिङ, १४ फागुन । धादिङ जिल्लाको थाक्रे–५ स्थित सोप्याङखोला नजिक रहेको एभरेष्ट ईट्टाभट्टाको पर्खाल भत्कादा भट्टामा काम गर्ने २ जनाको आज बिहान मृत्यु भएको छ ।

मृत्युहुनेहरुमा बाँके नेपालगंज नगरपालिका–५ घर भएका ६० वर्षीय जमिम कचगर उनको ५ वर्षीय छोरा असलम कचगर रहेका छन् ।

आज बिहान पर्खाल भत्कदा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि गणेशमान मेमेरियल अस्पताल महालक्ष्मीस्थान ललितपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खालले किचेर घाइते भएका अर्का रोल्पा तालावाङ–९ बुढागाउँ घर भएका ३५ बर्षीय सुरेन्द्र बुढाको शिव दर्शन अस्पताल धार्केमा उपचार भइरहेको छ ।