१५ कार्तिक २०८३, आइतबार

अब नाकाबन्दी लगाउन दिनुहुँदैनः नेम्वाङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SUBASH CHANDRA NEMBANG POST PHOTO/KIRAN PANDAY/KANTIPUR

– राजकुमार ओली
झापा, १४ फागुन । नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालमा कहिल्यै पनि नाकबन्दी नहुने गरि नेपाल र नेपाली एकसुत्रमा उभिन जरुरी देखिएको बताउनु भएको छ ।

नेपालमा भुइँचालो आयो गयो, हामी तयार भएका रहेनछौ तर, नाकाबन्दीबाट नेपालले पाठ सिक्दै अब नाकाबन्दी पैदा हुन स्थिती हुन नदिन सबै सुमधुर एकतामा बाधिँनपर्नेमा नेम्वाङले जोड दिनु भएको हो ।

आज शुक्रबार झापाको धुलावारीस्थित धुलावारी उच्च माविको हिरक महोत्सव तथा ६४औ बार्षिकमहोत्सव समारोहलाई उद्घाटन गर्नुहुँदै नेता नेम्वाङले अब नाकाबन्दी विस्तारै सहज बन्दै जाने तर, अब नेपालमा कहिल्यै पनि यो अवस्था आउन नदिने सबै नेपालीले प्रतिबद्धताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

यो पहिचानको लागि अति उपयुक्त सविधान बनाएको नेता नेम्वाङले जानकारी दिँदै तराई मधेसदेखि हिमाल सम्मको लागि हुने गरि धर्म निरपेक्षता, स्वाधिनताको लागि सविधान बनाएको बताउनुभयो ।