काठमाडौँ, १४ फागुन । नक्कली भारतीय नोटको कारोबार गरेको अभियोगमा २ जनालाई प्रहरीले भारतीय ५ सयको नोट ११ थान सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश सिद्धार्थ नगर बस्ने २६ बर्षीय शसेर खान र भारत विहार किशनगंज बस्ने २० बर्षीय सरफराह खान रहेका छन् ।
महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार काठमाडौँ महानगरपालिका–३१ प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डप स्थित खुल्ला बजारबाट उक्त नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया