१ कार्तिक २०८३, आइतबार

मधेसमा प्राधिकरणले रु दश करोडभन्दा बढी राजस्व असुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyसप्तरी, १४ फागुन । मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले रु १० करोडभन्दा बढी राजस्व असुल गरेको छ ।

सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो सातासम्ममा रु १० करोड ६१ लाख विद्युत् महसुल असुल गरेको कार्यालयका प्रमुख रामउद्गार साहले बताउनुभयो ।

उहाँका अनुसार फागुन मसान्तसम्म कुल रु १४ करोडको लक्ष्य राखेको वितरण केन्द्रले मधेसमा जारी बन्दका कारण बन्द खुलेपछि अहिलेसम्म सो रकम उठाउन सफल भएको बताइएको छ ।

साथै, राजविराजलगायत जिल्लाका विभिन्न केन्द्रमा रकम असुल्न बाँकी नै रहेको जानकारीदिएको छ ।

विद्युत् प्राधिकरण राजविराजले ग्राहकको सुविधाका लागि फागुन २७ गतेसम्म बिलअनुसारको शुल्क लिने र २८ गतेदेखि जरिमानासहितको शुल्क असुल गर्ने जनाएको छ ।

यसअघि प्राधिकरणले माघ २८ देखि फागुन १२ गतेसम्म रकम बुझाउने उपभोक्तालाई बन्द अवधिको रकममध्येमा तीन प्रतिशतले छुट दिएको थियो । रासस