१ कार्तिक २०८३, शनिबार

ठग मेनपावरलाई नछाड्ने एसएसपी सर्वेन्द्र खनालको घोषणा, को-को पक्राउ परे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbendra-khanal

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीका सफल अफिसर एवं महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अवैध धन्दा गर्ने मेनपावर सञ्चालकहरुलाई कारवाही गरेरै छाड्ने घोषणा गरेका छन् ।

आफ्नो विशेष अप्रेशन अन्तर्गत खनालले बुधबार राजधानीका १७ वटा मेनपावर कम्पनीमा छापा हान्नुका साथै केही सञ्चालकलाई पक्राउ गरेका थिए ।

उनीहरुलाई विहीबार सार्वजनिक गर्दै पीडितले लिखित र मौखिक उजुरी दिएको आधारमा आफूहरुले मेनपावर व्यावसायीहरुलाई पक्राउ गरेको र कानुनअनुसार कारवाही गरिने बताए । ‘ठगी धन्दा गरेर कानुन भन्दा कोही पनि हुँन सक्दैन, अवैध धन्दा गर्ने विदेशमा पठाएर अलपत्र पार्ने बढी पैसा लिनेहरुलाई कारवाही हुन्छ,’ उनले भने ।

वैदेशिक रोजगारमा पठाउदा फ्रि भिषा, फ्रि टिकट गरी अधिकतम दस हजार रुपैयाँ भन्दा बढी लिन नपाउने सरकारको नीति रहेको छ । तर, केही मेनपावर कम्पनिहरुले विदेशमा रोजगारीमा पठाउदा धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको संझौता अनुसारको काम नलगाई श्रमशोषण गरी मानव बेचविखन समेत गरेको, भिजिट भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाउने गरेको आधारमा पक्राउ गरिएको एसएसपी खनालले बताए ।

पक्राउ परेकाहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ, ललितपुर र बैेदेशिक रोजगार विभागमा पठाईएको महाशाखाले जनाएको छ ।

यस्ता छन् पक्राउ परेका मेनपावर मालिकः

ManpowerManpower-1