
काठमाडौं, १३ फागुन । नेपाल प्रहरीका तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी रविराज श्रेष्ठसहित पाँचजना विरुद्ध सम्पत्ति शुद्धिकरण निवारण विभागले मुद्दा दायर गरेको छ ।
विदेशी मुद्राको अपचलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका उनीहरुविरुद्ध विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन एसएसपी श्रेष्ठसहित उनका सवारी चालक प्रहरी हबलदार सोभितबहादुर कार्कीसहित मुरारीलाल गोयल, राजेश अग्रवाल र विनोदकुमार सोनीविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका रजिस्टार भद्रकाली पोखरेलले जानकारी दिए । उनीहरुसंग विभागले १ करोड २४ लाख ३२ हजार ४६ रुपैयाँ विभगो दाबी गरेको पोखरेलले जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया