१ कार्तिक २०८३, शनिबार

लोकमान सिंह कार्कीद्धारा अचानक राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Sing Karki

काठमाडौं, १३ फागुन । राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट लोकमान सिंह कार्कीेले अचानक राजीनामा दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका कार्कीले १२ औं दक्षिण एशियाली खेलकुदमा पदकको संभावना रहेको लोकप्रीय खेल समावेश नगरिएको तथा सागमा नेपालको प्रदर्शन कमजोर रहेको भन्दै संरक्षक पदबाट राजीनामा दिएका हुन् ।

नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले भने संरक्षक कार्कीको राजीनामाको बिषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

दुई कराँते महासंघ अस्तित्वमा रहेसंगै विवाद चुलिएपछि सबै मुलुकका ओलम्पिक कमिटीको बैठकले सागमा कराँते नराख्ने निर्णय गरेको थियो ।