चितवन, १३ फागुन । जिविस चितवनले आगामी आवका लागि रु ८२ करोड ५४ लाख ६८ हजारको बजेट आज सार्वजनिक गरेको छ ।
गणतन्त्र स्थापनापछिको नवौँ जिल्ला परिषदमा आव २०७३/०७४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण गरिएको हो ।
सो अवसरमा स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले प्रस्तुत गरेको बजेटमध्ये रु २८ करोड १५ लाख ६८ हजार अर्थात् ३४ दशमलव ११ प्रतिशत चालु तथारु ५४ करोड ३९ लाख अर्थात् ६५ दशमलव ८९ प्रतिशत पुँजीगत छ । रासस















प्रतिक्रिया