१ कार्तिक २०८३, शनिबार

पाकिस्तानको कराँचीमा भिषण भिडन्त, १२ जना विद्रोहीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistanकराँची (पाकिस्तान), १२ फागुन । पाकिस्तानीको कराँची आसपासका क्षेत्र सुरक्षाकर्मी र विद्रोहीबीच भएको भिडन्तमा १२ जना विद्रोहीको मृत्यु भएको छ ।

सिया विरोधी विद्रोही समूह लस्करे जाङ्भी र भारतीय उपमहाद्वीपमा गतिविधि सञ्चालन गर्दै आएको अर्को एक अलकायदाको समूहको आश्रयस्थल रहेका दुई ठाउँमा प्रहरीले खानतलासी गर्ने क्रममा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । त्यहाँ ४८ घण्टासम्म भिडन्त भएको र लडाकुको मृत्यु भएको पाकिस्तानी प्रहरी अधिकारीले बताएका छन् ।

मारिएका विद्रोही लडाकूहरु देशका विभिन्न ठाउँमा भएका नागरिकहरुका अपहरण तथा हत्याका घटनामा संलग्न रहेको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानी सेनाले सन् २०१४ देखि सुरु गरेको लडाकू विरुद्धको कारबाहीअन्तर्गत अहिलेसम्म ९० प्रतिशत विद्रोहीलाई सीमा क्षेत्रबाट विस्थापित गराएको जनाइएको छ ।