
काठमाडौं, १३ फागुन । संयुक्त राज्य अमेरिकाले नेपाललाई विशेष ग्राह्यता दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा बुधबार (हिजो) हस्ताक्षर गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उक्त कानुनले निश्चित गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारसम्मका सामग्रीहरूका हकमा भन्सार छुट सुविधा उपलब्ध गराउनेछ ।
नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृति प्रदान गरिएको छ । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरी उक्त कार्यक्रम तर्जुमा भएको छ ।
जनरल सिस्टम अफ प्रेफरेन्सेस (जिएसपी) अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीरूलाई उक्त कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउनेछ ।
नेपाल ट्रेड प्रेफरेन्सेस लेजिस्लेसनले व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको छ, जुन नेपाललाई विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता (टिएफए) को कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रित छ ।
हेर्नुस् अमेरिकी दूतावासको विज्ञप्तिः
















प्रतिक्रिया