७ कार्तिक २०८३, शनिबार

पुरा भएन बेहुली बन्ने सपना, बिहेको मुखमा पुगेकी रमालाई मृत्युले निल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rama-rawat

काठमाडाैं  । परिवारकी एक्ली छोरा थिइन् रमा राउत । साढे तीन वर्षदेखि तारा एयरमा एयरहोस्टेसका रूपमा कार्यरत  थिइन् । सोमबार पोखरा गएकी उनको परिवारमा बिहेबारे सल्लाह हुँदै थियो ।

मंगलबार मात्र आफन्तसँग आमाले उनको बिहे गर्नेबारे छलफल गरेकी थिइन् । तर, एक्ली छोरी अन्माउने परिवारको सपना अधुरै रह्यो ।  बुधबार बिहानैदेखि कुलेश्वरको जनमैत्री कलेजकै गेटमा रहेको राउतको घर शोकमा डुबेको छ । बुधबार साँझ उनको निवासमा पुग्दा परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा थिए । दाइ प्रमोद चितवन गएका थिए ।

परिवारमा रमाका आमा र दुई भाइ  छन् । एकजना मेगा बैंकमा तथा अर्को नेपाल प्रहरीमा कार्यरत छन् । बिहानैदेखि राउतको निवासमा सान्त्वना दिन आफन्तको भीड लागेको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।