काठमाडौं, १३ फागुन । आसन्न १३ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले भेटेरै आफूलाई सहयोग गर्न आग्रह गरेपछि कांग्रेस नेता खुमबहादुर खड्काले कसलाई सहयोग गर्ने भन्ने निर्णय लिन तीन सदस्यीय समिति बनाएका छन् ।
उनले आफूनिकट नेताहरुसंग बुधवार छलफल गरी आफ्नौ संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र शंकर भण्डारी रहेको समिति बनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
खड्का पक्षीय नेताहरु नवलपरासीमा विष्णु लामिछाने, दाङमा कीर्तिबहादुर खड्का, सर्लाहीमा नगेन्द्र राय, मकवानपुरमा इन्द्र बानिया जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशन नभएको सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेत उनकै पक्षमा छन् ।
सांसद अमरेशकुमार सिंह र केन्द्रीय सदस्य अजय चौरासिया पनि खड्काकै पक्षमा छन् । समितिले सभापतिका उम्मेदवार कार्यबाहक सभापति पौडेल र नेता देउवासंग छलफल गर्नेछ ।















प्रतिक्रिया