
जकार्ता, १२ फागुन । इन्डोनेसिया सरकारले हाल त्यहाँ सञ्चालनमा रहेका भनिएका ‘रेड लाइट’ जिल्लाहरु बन्द गर्ने जनाएको छ ।
इन्डोनेसियामा यस्तो कार्यका कारण विवाद उत्पन्न हुदै आएको छ । सोही कारण पनि हालै ल्याइएको एक विवादास्पद कानुनको कार्यान्वयनस्वरुप आगामी सन् २०१९ सम्ममा ती सबै जिल्लाका रेड लाइड क्षेत्रहरु बन्द गराइने भएको हो ।
इन्डोनेसियाका विभिन्न करिब १०० जिल्लामा यस्ता रेड लाइट एरिया राखिएको छ । ती सबै एरियाबन्द गर्नका लागि अधिकारीहरुले आगामी सन् २०१९ सम्मको समय पाएका छन् ।
त्यस वर्षअगावै ती सबै जिल्लामा यस्तो वेश्यावृत्तिको सबै कार्य बन्द गराइसक्नुपर्ने प्रावधान उक्त कानुनमा राखिएको छ ।
इन्डोनेसिया संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो । रासस÷एएफपी















प्रतिक्रिया