७ कार्तिक २०८३, शनिबार

भारतले भन्यो, ‘तपाईहरूलाई तत्काल धेरै तेल दिन सकिँदैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOC Indian Oil Corporatationकाठमाडौं, १२ फागुन । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि मुलुकमा इन्धन सहज हुन अझै केही समय लाग्ने भएको छ ।

७० प्रतिशतसम्म मात्र पाउने भएपति नेपाल आय निगमले डिजेलको परिमाण घटाएर मागजति ग्यास र पेट्रोलियम दिन आईओसीलाई पत्राचार गरेको समाचार कारोबार दैनिकले छापेको छ ।

माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएको भन्दै आईओसीले निगमलाई माग जति इन्धन दिन नसकिने अनौपचारिक तवरबाट जानकारी गराएको हो ।

‘मागजति दिन नसकिने भनेपछि तत्कालका लागि डिजेलको परिमाण घटाएर पेट्रोल र ग्यासको परिमाण बढाउन खोज्दै छौं,’ मंगलबार संसदको उद्योग वाणिज्य तथा उपभोक्त समितिअन्तर्गत उपभोक्ता उपसमितिको बैठकमा निगमका निर्देशक दीपक बरालले भने ।