७ कार्तिक २०८३, शनिबार

कांग्रेसले धमाधम पैसा उठाउँदै, महत सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, १२ फागुन । कांग्रेसले आसन्न १३औं महाधिवेशनका लागि आर्थिक संकलन थालेको छ । यसपटक महाधिवेशनमा करिब ५ करोड लाग्ने अनुमान कांग्रेसको छ । त्यसमा पार्टीको आन्तरिक स्रोतबाट साढे २ करोड र बाँकी बाहय स्रोतबाट चन्दा उठाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

कांग्रेसले महाधिवेशन खर्च जुटाउन पार्टीकै सांसद र महाधिवेशन प्रतिनिधिबाट करिब साढे २ करोड उठाउने भएको छ । थप साढे २ करोड रकम चन्दाबाट उपलब्ध हुने उसले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

कांग्रेसमा २०८ सांसद छन् । पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको अर्थ संकलन समितिले हरेक सांसदबाट १५ हजार तथा सांसदसमेत रहेका केन्द्रीय सदस्यबाट २० हजार रुपैयाँका दरले लेबी उठाउने भएको छ । यसबाट ३० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।