३० आश्विन २०८३, शुक्रबार

फेरि बढ्यो सुनको भाउ, तोलाको ५६ हजार कट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ११ फागुन । निरन्तर ओकालो लागिरहेको सुनको भाउ मंगलबार फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुनको भाउ दुई सयले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यसअघि फागुन ५ गतेदेखि ५ दिनसम्म ५५ हजार ५ सय रुपैयाँमा व्यापार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सयले बढेको हो ।

मंगलबार तेजाबी सुन ५५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।

सोमबारको बजारमा प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको भाउ पनि मंगलबार पुनः ५ रुपैयाँले नै बढेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको बताइएको छ ।