सोलुखुम्बु, ११ फागुन । सोलुखुम्बुको तिंलान् गाविसमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सामान लिएर जिल्लाको मुक्ली गाविसतर्फ आइरहेको मिनी ट्रक आज सबेरै तिङ्लान गाविसमा दुर्घटना हुँदा ट्रकमा सवार तीन जनाको ज्यान गएको र चालक ईन्द्र तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख माधब बुढाथोकीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मुक्ली–१ सोलुुखुम्बुका भीमबहादुर बस्नेत र उनका भतिजा छत्रबहादुर बस्नेत रहेका छन् भने सहचालकको भने सनाखत हुन नसकेको जिल्ला ट्राफिक इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो ।
घाइते चालकको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया