काठमाडौं । अधिवक्ता एवम् गायक डा. भीमार्जुन आचार्यले फेरि अर्को आधुनिक एल्वम ल्याएका छन् ।
‘एउटा जीवन’ नाम जुराएर उनले आधुनिक एल्वम ल्याएका हुन् । साहित्यमा मिलन अर्जनबाट परिचित डा.आचार्यले यसअघि थुप्रै देशभक्ति र आधुनिक गीत बजारमा ल्याइसकेका छन् ।
डा.आचार्यले ‘एउटा जीवन’मा ७ वटा गीत समावेश गरेका छन् । सबै गीतमा उकै स्वर छन् । केहीमा आफूले पनि शब्द र संगीत पनि गरेका छन् । एल्वममा नाम चलेका गीतकार र संगीतकारलाई पनि राखेका छन् ।
‘ढिडो भए हुन्छ मलाई …..’मा क्षेत्रप्रताप अधिकारीको शब्द छन् भने संगीत नारायण रायमाझीको छ । ‘जित्नेलाई मीठो जीवन…….’ किरण खरेलले लेखेका हुन् । यसमा टीका भण्डारीको संगीत छ ।
‘मानिसको जिन्दगी यो…..’ मा श्रीपुरुष ढकालको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । ‘कति धेरै टाढा छौ तिमी……’ रमेश क्षितिजका शब्द र सागर अधिकारीको संगीत छ ।
‘शिशिरको बतासमा….’ कालीप्रसाद रिजालको शब्द अनि बिबि अनुरागीको संगत छ । ‘जीवन हो लामो बाटो……’ र ‘एउटा जीवन हुँ म……..’ मा डा. आचार्यको आफ्नै शब्द, संगीत र स्वर रहेको छ ।
गायक डा.आचार्यले आफ्नो यो एल्वमको यही फागुन १५ गते रिलिजको तयारी गरेका छन् ।















प्रतिक्रिया