काठमाडौं, ११ फागुन । कांग्रेस संस्थापनमा सभापतिका लागि चार जनाको दाबी कायमै छ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलका अतिरित्त महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथै केन्द्रीय सदस्यहरु सुजाता कोइराला समेतले सभापतिमा दाबी गरिरहेका छन् । सर्वसम्मत उम्मेदवार बनाउने पौडेलको प्रयास सफल हुन सकेको छैन ।
बरिष्ठ नेता शेरवहादुर देउवा पक्ष भने यसै साताभित्र आफ्नो टिमको औपचारिक घोषणा गर्ने तयारीमा रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक सकिएपछि देउवा पक्षबाट उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य प्रकाशशरण महतले जनाए ।
देउवाले महामन्त्रीमा संस्थापन पक्षका अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई अघि बढाउने सम्भावना छ ।
संस्थापन पक्षले भने यो साताभर सहमतिकै लागि जोड दिने भएको छ । ‘सर्वसम्मत हुने अवस्था आए सिंह र सिटौला दुवै उपसभापतिमा बस्न तयार हुन सक्छन्’, स्रोतले भन्यो ।
उपसभापति पदमा दुवैलाई व्यवस्थापन गर्न भने पौठेललाई मुस्किल छ।
पौडेलले उपसभापतिमा सिंह र महामन्त्रीमा सशांक वा शेखरमध्ये एकलाई अघि बढाउन चाहेका छन् । मनोनीत महामन्त्रीमा केन्द्रीय सदस्य रामशरण महतलाई ल्याउने उनको इच्छा छ ।















प्रतिक्रिया