७ कार्तिक २०८३, शनिबार

उपभोक्ता ठगेर बोनस खान निगमका कर्मचारीको यस्तो छ गोप्य तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-Nigamकाठमाडौं, ११ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि नेपाल आयल निगमले घटाएको छैन ।

पुरानो ऋण तिर्ने नाउँमा उसले पेट्रोल, डिजेल र मट्टीतेलमा उच्च नाफा राखेर बोनस खातामा रकम जम्मा गरिरहेको समाचार कारोबार दैनिकले छापेको छ । यसको मार सबैतिरबाट उपभोक्तालाई परेको छ ।

निगमले सरकारसँग लिएको १२ अर्ब ६४ करोड ऋण पूरै भुक्तानी नगर्दासम्म बोनस बाँड्न नपाउने भएकाले गत वर्ष र चालू आर्थिक वर्षाको ६ महिनाको नाफबाट १० प्रतिशत रकम बोनस शीर्षकमा छुट्याएर राखेको छ ।

निगमले ऋण चुक्ता गर्ने बित्तिकै यो बोनस बाँडिनेछ ।

निगम दावीअनुसार ऋण यही वर्षभित्र चुक्ता हुने सम्भावना छ । त्यसपछि कर्मचारीको खातामा लाखौं रकम जम्मा हुने छ ।

ऋण चुक्ता गर्ने भने पनि निगमले भुक्तानी र ब्याजमा थोरैमात्र रकम छुट्याएर नाफा शीर्षकमा उच्च रकम राखेको छ ।

नाफा शीर्षक उच्च राख्नुले बोनसप्रतिको लगाव दर्साउने उपपभोक्ताकर्मी बताउँछन् ।